कर्णाली याक्सका ओपनर देव खनालले एनपिएलमा पहिलो अर्धसतक बनाएका छन् । उनी प्रतियोगितामा अर्धसतक बनाउने १३औं खेलाडी बनेको छन् । शनिबार कीर्तिपुर मैदानमा देवले ४० बलमा चार चौका र २ छक्कासहित अर्धसतक बनाएका थिए ।
यतिबेलासम्म कर्णालीले १२.६ ओभरमा कर्णालीले दुई विकेट गुमाएर ९३ रन बनाएको थियो । यसअघि कर्णालीको लागि शिखर धवनले अर्धसतक बनाएका थिए । यसअघि ओपनर शिखर धवन ५ र तेस्रो नम्बर क्रिजमा आएका चाडविक वाल्टन १ रन बनाएर आउट भएका थिए ।