नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सले कर्णाली याक्सविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरका कप्तान सन्दीप लामिछनेले टस जितेर फिल्डिङको निर्णय लिए ।
आफ्नो चौथो खेल खेल्दै गरेका दुवै टोली दोस्रो जितको लक्ष्यमा छन् । जनकपुर बोल्ट्ससँग आठ र काठमाडौं गुर्खाजसँग पाँच विकेटले पराजित कर्णालीले चितवन राइनोजलाई ६ विकेटले हराएको थियो । जनकपुरसँग आठ विकेट र सुदूरपश्चिम रोयल्ससँग ९० रनको हार ब्यहोरेको विराटनगरले लुम्बिनीमाथि दुई विकेटको रोमाञ्चक जित हासिल गरेको थियो ।