पत्रकार महासंघको अध्यक्षमा पाँचको उम्मेदवारी

शनिबार, २२ मंसिर, २०८१
डिजिटल संस्करण

 नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । निर्वाचन कार्यतालिकाअनुसार शुक्रबार उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारको अन्तिम नामावली शनिबार सार्वजनिक गर्ने कार्यसूची छ । 

अध्यक्षमा निर्मला शर्मा, कमल गिरी, रमेश विष्ट, देवीप्रसाद सापकोटा र लाल सिंह (एलएस) लामा गरी पाँचजनाको उम्मेदवारी दर्ता भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । महासंघको नयाँ नेतृत्वका लागि आगामी २८ मंसिरमा निर्वाचन हुँदै छ । 

त्यस्तै, वरिष्ठ उपाध्यक्षमा रोशन पुरी, गोविन्दप्रसाद चौलागाईं, दामोदरप्रसाद दवाडी, दीपक आचार्यको उम्मेदवारी परेको छ । महिला उपाध्यक्षमा गंगा पौडेल (बराल) र नितु पण्डित, समावेशी उपाध्यक्षतर्फ उमिदप्रसाद बागचन्द, मोनकुमार सिंह र सुभाषप्रसाद शाहले मनोनय दर्ता गरेका छन् । 

महासचिवमा जन्मदेव जैसी, प्रकाश थापा, रामप्रसाद दाहाल र लेखनाथ न्यौपानेको तथा खुला सचिवमा उत्तरसिंह विष्ट, कुमार ओझा, केदारनाथ भट्टराई, छविलाल दाहाल, बालकृष्ण अधिकारी, माधव दुलाल र रमेश खतिवडाको उम्मेदवारी परेको छ । कोषाध्यक्षमा रामकृष्ण अधिकारी, रामकृष्ण ज्ञवाली र सन्तराम बिडारीको मनोनयन दर्ता भएको निर्वाचन समितिले जनाएको छ ।

गत असोजमा भक्तपुरमा सम्पन्न जिल्ला शाखा, प्रतिष्ठान अध्यक्षहरूको भेलाले यसअघि शाखाको सिफारिसमा प्रदेश समितिले टुंगाएको सदस्यताकै आधारमा निर्वाचन कार्यक्रम अघि बढाउन गरेको निर्णय गरेको थियो । 

सुझावित समाचार