नेपाल एसबिआई बैंकद्वारा नेपाल राष्ट्रिय कर्णाली माध्यमिक विद्यालयलाई सहयोग

शुक्रबार, २१ मंसिर, २०८१
डिजिटल संस्करण

नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका– ३, कैलालीस्थित नेपाल राष्ट्रिय कर्णाली माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि स्कुल ब्याग, शैक्षिक सामग्री तथा पोसाक वितरण गरेको छ ।

उक्त सामग्रीहरू बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत, दीपककुमार देले नेपाल राष्ट्रिय कर्णाली माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष, वसन्ती बलामी र प्रधानाध्यापक, जंगवहादुर तारामीलार्ई एक कार्यक्रमबिच हस्तान्तरण गरेका थिए ।

सो कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेशकुमार पंडा, प्रमुख सञ्चालन अधिकृत, विकास आनन्द, प्रमुख कर्जा अधिकृत, अर्जुन नेपाल, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्याल र बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख, सन्तोषकुमार भण्डारी र बैंक तथा स्कुल समितिका अन्य पदाधिकारी र शिक्षकहरूसमेतको उपस्थिति रहेको थियो ।

बैंकले शिक्षा क्षेत्रमा यस किसिमको कार्यक्रम समयसमयमा गर्दै आइरहेको छ । हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउन्डर, सात प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटिएम र एक कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ ।
 

सुझावित समाचार