एसिसी यू–१९ एसिया कपमा सहभागी भएर स्वदेश फर्केको भोलिपल्ट युवा क्रिकेटर नरेन साउदले नेपाल प्रिमियर लिग (एनपिएल)मा अनुभव प्रयोग गरेका छन् । सुदूरपश्चिम रोयल्सबाट प्रतिनिधित्व गरेका नरेनले बिहीबार त्रिवि क्रिकेट मैदानमा काठमाडौं गुर्खाजविरुद्ध पाँच विकेट लिए । उनकै घातक बलिङको सहयोगमा सुदूरपश्चिमले काठमाडौंलाई ७३ रनको फराकिलो अन्तरले हरायो । यसअघि एनपिएलमा चितवनका सोहेल तनभिरले पनि पाँच विकेटको प्रदर्शन गरेका थिए।
पहिल ब्याटिङ गरेको सुदूरपश्चिमले स्कटल्यान्डका ब्रान्डन म्याकमुलनको अर्धशतकको सहयोगमा २० ओ भरमा ६ विकेट गुमाउँदै १६७ रनको योगफल बनाएको थियो । प्रत्युत्तरमा नरेनको बलिङ सामना गर्न नसकेको काठमाडौं १५.५ ओभरमा ९४ रनमै समेटियो । नरेनले ३.५ ओभरमा १९ रन खर्चिंदै पाँच विकेट लिए भने म्याकमुलनले सर्वाधिक ५३ रन बनाए । सुदूरपश्चिमको यो लगातार दोस्रो जित हो । सुदूरपश्चिमले पहिलो खेलमा विराटनगरलाई ९० रनले हराएको थियो । काठमडौंको यो दोस्रो हार हो । काठमाडौंले पहिलो खेलमा कर्णाली याक्सलाई तीन विकेटले हराएको थियो ।
दुईपटक एकै ओभरमा दुई विकेट
काठमाडौंले आफ्नो तेस्रो खेलमा कमजोर ब्याटिङ प्रदर्शन ग¥यो । त्रिवि क्रिकेट मैदानमा करिअरकै उत्कृष्ट बलिङ स्पेल गरेका नरेनले दुईपटक एकै ओभरमा दुई विकेट लिए । उनले १३ र १५औ ँ ओभरमा समान दुई विकेट हात पारेका हुन् । इनिङ्सको ७.४ ओभरमा उनले इरास्मुसको विकेट लिए । त्यसपछि उनले १३ ओभरमा बलिङ गरी व्यक्तिगत दोस्रो विकेट हात पारे । उनले इस्किनाजीलाई पेभेलिनको बाटो दे खाए । उनले १३.४ ओभरमा रासिद खानको विकेट पनि लिए । त्यसपछि १५.१ ओभरमा काठमाडौंका कप्तान करण केसी र १५.५ ओभरमा सहाव अलामलाई आउट गर्दै उनी पाँच विकेट लिन सफल भए । काठमाडौैंका लागि इंग्ल्यान्डका ३० वर्षीय स्टेफन इस्किनाजीले ३३ बलमा सर्वाधिक ३७ रन बनाए ।
नामिबियाका कप्तान जेरार्ड इरास्मासले १० रन बनाए । कर्णालीविरुद्ध सानदार प्रदर्शन गरेका सुमित महर्जनले १४ रन जोडे । काठमाडौंले १३.४ ओभरमा ७ विकेट गुमाउँदा मात्र ८३ रन बनायो । ओपनर नेदरल्यान्ड्सका माइकल लेभिट र शंकर राना दोहोरो अंकमा रन नजोड्दै पेभिलियन फर्किएका थिए । काठमाडौं विरुद्ध अभिनाश बोहराले दुई तथा ब्रान्डम म्याकमुलन, सैफ जैवले समान एक विकेट लिएका थिए । म्याकमुलनको अर्धशतक पहिलो ब्याटिङ गरेको सुदूरपश्चिमका २५ वर्षीय दायाँहाते ब्याट्सम्यान म्याकमुलनले ३६ बलमा अर्धशतकीय इनिङ्स खेलेका थिए । उनले ३२ बलमा तीन चौका र चार छक्का प्रहार गरे ।
ओपनर विनोद भण्डारीले २८ बलमा ३५ रन जोडे । दोस्रो विकेटका लागि विनोद र म्याकमुलनले ८७ रनको साझेदारी गरेपछि सुदूरपश्चिम बलियो स्कोरतर्फ अगि बढेको थियो । चौथो नम्बर क्रिजमा आएका कप्तान दीपेन्द्रसिंह ऐरीले २५ बलमा ४३ रन बनाउन तीन चौका र चार छक्का प्रहार गरेका थिए । काठमाडौंका रसिद खान र अविनाश बोहराले समान दुई विकेट लिए ।

जनकपुरको लगातार तेस्रो जित
पोखरा एभेन्जर्सलाई सात विकेटले हराउँदै जनकपुर बोल्ट्सले लिगमा लगातार तेस्रो जित निकालेको छ। टस हारेर ब्याटिङ गर्दै पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३८ रन बनाएको थियो । प्रत्युत्तरमा जनकपुर ले १७.१ ओभरमा तीन विकेट गुमाउँदै जित निकाल्यो । पोखरा चितवनसँग पराजित भएको थियो । जनकपुरले विराटनगर किंग्स र कर्णालीलाई हराएको थियो । जनकपुर ६ अंकसहित शीर्ष स्थानमा छ । जनकपुर को जितमा लाहिरू मिलान्थाले सर्वाधिक ४५ रन बनाए । उनले ३२ बलमा आठ चौका प्रहार गरे ।
आसिफ शेखले ३४ बलमा ३३ रनको योगदान गरे । जिमी निसमले २९ बलमा पाँच छक्कासहित अविजित ४० रन बटुले । यसअघि पोखराका लागि मार्कस क्रिचलीले ३० बलमा सर्वाधिक ३५ रन बनाए । आन्द्रेस गोसले २०, रेमन रेइफरले १७ बनाउँदा लिस्क माइकलले २५ रन जोडे । बलिङतर्फ जनकपुरका स्पिनर ललित राजवंशीले चार ओभरमा तीन विकेट लिए । जिमी निसमले दुई विकेट लिए ।
