एनपिएल : जनकपुरले फिल्डिङ गर्ने, पोखरा ब्याटिङ गर्दै

बिहिबार, २० मंसिर, २०८१
डिजिटल संस्करण

पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल)मा  पहिला फिल्डिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरका कप्तान अनिलकुमार साहले टस जितेर फिल्डिङको निर्णय लिए । कुशल भुर्तेल पहिला ब्याटिङमा आउनेछन्। उनी चितवनविरुद्ध डकआउट भएका थिए ।

जनकपुर तेस्रो र पोखरा दोस्रो खेल खेल्दै छन् । यसअघि जनकपुरले विराटनगर किंग्स र कर्णाली याक्सलाई पराजित गरेको थियो । पोखराले चितवनसँग हार व्यहाेरेकाे थियो ।

See More On

सुझावित समाचार