१३औँ पोखरा महोत्सवको मुख्य प्रायोजन बेटरले गर्ने

मंगलबार, १८ मंसिर, २०८१
डिजिटल संस्करण

विद्युतीय सामाग्री उत्पादक कम्पनी बेटरले १३औँ संस्करणको पोखरा महोत्सवको मुख्य प्रायोजन गर्ने भएको छ। ‘शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवर्द्धनको लागि’ भन्ने नारासहित युनाइटेड क्लब पोखराको आयोजनामा २५ पुसदेखि ७ माघसम्म पोखराको अमरसिंह चोकस्थित खेल मैदानमा महोत्सव हुँदै छ। 

आयोजक क्लबका अध्यक्ष लोकबहादुर थापा र पोखराको नयाँ बजारमा कर्पोरेट अफिस रहेको रवि एन्ड सन्नी इन्डस्ट्रिज प्रा.लि.का निर्देशक सन्नी रौनियारले मुख्य प्रायोजकको सम्झौता-पत्रमा हस्ताक्षर गरेका थिए।

महोत्सवको १३औँ संस्करणसम्म आइपुग्दा बेटरले तेस्रोपटक मुख्य प्रायोजन गर्न लागेको हो। पोखरा–९ नयाँबजारस्थित कर्पोरेट अफिसबाट रवि एन्ड सन्नी इन्डस्ट्रिजले उत्पादन गर्ने बेटर ब्रान्डका इलेक्ट्रिक सामानहरू हिटर, ओभन, पंखा, राइसकुकर, प्रेसर कुकर, गिजर इलेक्ट्रोनिक र किचनका सामग्री बिक्री गर्दै आइरहेको छ।
 

सुझावित समाचार