इ–सेवाको ब्रान्ड प्रवर्द्धकमा रोहितकुमार पौडेलको निरन्तरता

मंगलबार, १८ मंसिर, २०८१
डिजिटल संस्करण

भुक्तानी सेवा प्रदायक कम्पनी इ-सेवाले आफ्नो ब्रान्ड प्रवर्द्धकको रूपमा गत वर्ष अनुबन्धित नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेललाई यस वर्ष पनि पुनः अनुबन्ध गरेको छ।

विगत एक वर्षदेखि इ-सेवाको ब्रान्ड प्रवर्द्धकका रूपमा अनुबन्धित पौडेलसँगको सम्झौताको अवधि कम्पनीले पुनः थप गरेको हो। गत आइतबार पुल्चोकस्थित इ-सेवाको प्रधान कार्यालयमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) जगदीश खड्का र पौडेलबिच सम्झौता-पत्रमा हस्ताक्षर भएको हो। 

ब्रान्ड प्रवर्द्धकको यात्रालाई निरन्तरता दिन पाउँदा कप्तान पौडेलले खुसी व्यक्त गर्दै यो साझेदारीलाई एउटा नयाँ आयाम दिनेबारे विश्वस्त रहेको बताए।

इ-सेवाका सिइओ खड्काले नेपाली क्रिकेटलाई अगाडि बढाउनमा महत्त्वपूर्ण योगदान दिँदै आएका नेपालको राष्ट्रिय क्रिकेट टोलीका कप्तान पौडेलजस्ता प्रतिभाशाली व्यक्तिलाई ब्रान्ड प्रवर्द्धकका रूपमा निरन्तरता दिन पाउनु आफैँमा गर्वको विषय भएको बताए।

सुझावित समाचार