बालेनले गराए काठमाडौं– १६ की वडाध्यक्ष श्रेष्ठलाई शपथ

मंगलबार, १८ मंसिर, २०८१
डिजिटल संस्करण

गत आइतबार भएको उपनिर्वाचनबाट निर्वाचित काठमाडौं– १६ की नवनिर्वाचित वडाध्यक्ष रोजिना श्रेष्ठलाई मेयर बालेन शाहले शपथग्रहण गराएका छन् । काठमाडौं महानगरपालिकाको कार्यालयमा मंगलबार आयोजित एक कार्यक्रमबिच श्रेष्ठलाई शपथग्रहण गराइएको हो ।

रोजिना राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट निर्वाचित भएकी हुन् । काठमाडौं– १६ बाट निर्वाचित नेपाली कांग्रेसका वडाध्यक्ष मुकुन्द रिजालको निधनपछि यहाँ उपनिर्वाचन भएको हो ।
 

सुझावित समाचार