पोखरा एभेन्जर्स नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो खेलमै नाजुक अवस्थामा पुगेको छ। उसले ३.३ ओभरमा सात रन जोड्दा महत्त्वपूर्ण पाँच विकेट गुमाएको छ।
पाकिस्तानका चर्चित बलर सोहेल तनविरले एकै ओभरमा तीन विकेट लिएपछि पोखरा लज्जास्पद अवस्थामा पुगेको हो। रिजन ढकालले दुई विकेट लिए। पोखराका कप्तान कुशल भुर्तेल गोल्डेन डकआउट भए।
मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १६२ रनको लक्ष्य प्रस्तुत गरेको थियो।