चितवनका रवि बोपराको अर्धशतक

मंगलबार, १८ मंसिर, २०८१
डिजिटल संस्करण
चितवनका रवि बोपराको अर्धशतक

तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

नेपाल प्रिमियर लिगअन्तर्गत पोखरा एभेन्जर्सविरुद्धको खेलमा चितवन राइनोजका रवि बोपराले अर्धशतक बनाएका छन्।

मंगलबार त्रिवि मैदानमा इंग्ल्यान्डका ३९ वर्षीय अलराउन्डरले ३६ बलमा समान तीन चौका र छक्कासहित अर्धशतक बनाएका हुन्। उनले अर्धशतक बनाउँदा चितवनले १५.१ ओभरमा चार विकेट गुमाउँदै १२८ रन बनायो।

आइपिएलमा किंग्स ११ पञ्जाव र दिल्ली क्यापिटल्सबाट खेलिसकेका उनले इंग्ल्यान्डका लागि १३ टेस्ट, १२० एकदिवसीय र ३८ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्।

यसअघि आजै भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई ९० रनले हराएको छ।

सुझावित समाचार