पोखराले टस जितेर फिल्डिङ राेज्याे

मंगलबार, १८ मंसिर, २०८१
डिजिटल संस्करण

पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपिएल)मा चितवन राइनोजविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर फिल्डिङको निर्णय लिएका हुन्।

पोखराको यो  पहिलो खेल हो। चितवनले पहिलो खेलमा काठमाडौं गुर्खाजलाई हराएको थियो।
 

सुझावित समाचार