बागमती प्रदेश सुटिङ संघको तदर्थ समिति गठन

मंगलबार, १८ मंसिर, २०८१
डिजिटल संस्करण

राजु दर्शनको अध्यक्षतामा बागमती प्रदेश सुटिङ संघको गठन गरिएको छ । बागमती प्रदेशका नुवाकोट, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चाेक र सिन्धुपाल्चोक जिल्लाका सुटिङ खेलाडी र पदाधिकारीको उपस्थितिमा १३ सदस्यीय संघ गठन गरिएको हो ।

संघको उपाध्यक्षमा प्रविन्द्र बस्नेत र एसके थपलिया छन् भने सचिवमा उपेन्द्र थापा तथा कोषाध्यक्षमा विवेश खड्का रहेका छन् । यस्तै, सदस्यमा सकुन्तला श्रेष्ठ, कृष्ण घोरासैनी, हरिबहादुर थापा, सरस्वती बानियाँ, दीपक थापा, सुदन खड्का, कटी योञ्जन र टीकाराम श्रेष्ठ छन् ।

बागमती प्रदेश खेलकुद सदस्यसचिव दीपक लामाको आतिथ्यमा मंगलबार तदर्थ समिति गठन गरिएको हो ।

सुझावित समाचार