दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकी उमा लुंगेलीमगर शेर्पा विजयी भएकी छिन्। निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी निमलेकी शेर्पालाई २०५ मतान्तरले पराजित गर्दै उमा विजयी भएकी हुन्। उनले २८०५ मत पाउँदा निमालेकीले २६०० मत प्राप्त गरिन्।
नेपाली कांग्रेसकी उम्मेदवार पासदिकी तामाङले १७२७ मत पाएकी छिन्।
गौरीशंकरमा उपाध्यक्ष पदका लागि आइतबार भएको मतदानमा सात हजार पाँच सय ९० अर्थात् ४८.२९ प्रतिशत मत खसेको थियो।