दोलखाको गौरीशंकर गाउँपालिकामा ६ वडाको मतगणना सकियो, ६६ मतले एमाले अगाडि

सोमबार, १७ मंसिर, २०८१
डिजिटल संस्करण

दोलखाको गौरीशंकर गाउँपालिकामा ६ वटा वडाको मतगणना सकिएको छ। हालसम्मको मतगणनाअनुसार एमालेका उम्मेदवारको ६६ मतको अग्रता छ। गौरीशंकरको ६ वटा वडामा मतगणना सकिँदा माओवादी केन्द्रलाई ६६ मतले पछि पार्दै एमालेले अग्रता सुरु गरेको छ।  

जिल्ला निर्वाचन कार्यालय दोलखाले सार्वजनिक गरेको पछिल्लो मतपरिणामअनुसार एमालेकी उमा मगर शेर्पाले १९७२ मत प्राप्त गरेकी छिन् भने उनलाई पछ्याउँदै माओवादी केन्द्रकी निमलेकी शेर्पाको १९०६  मत प्राप्त गरेकी छिन्। यस्तै, नेपाली कांग्रेसकी पासदिकी शेर्पाले १२८१  मत पाएकी छिन्।

यस्तै, रास्वपाकी उमा श्रेष्ठको ७७, नेकपा एसकी रविना खड्काको ७१ मत, राप्रपाको मनुकुमारी श्रेष्ठको ७६ र जसपाको सपना कार्की खड्काको १८ मत रहेको जिल्ला निर्वाचन कार्यालय दोलखाका निमित्त प्रमुख विशाल केसीले जानकारी दिए। अब ३ वटा वडाको मतगणना बाँकी छ। 

गौरीशंकरमा ७ राजनीतिक दल र ९ स्वतन्त्र गरी १६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन्। गौरीशंकरका उपाध्यक्ष श्यामसुन्दर तमाङको २०८० साल असारमा निधन भएपछि रिक्त सो पदमा उपनिर्वाचन भएको हो।

सुझावित समाचार