कीर्तिपुरमा कांग्रेसलाई पाँच सयको अग्रता, माओवादी तेस्रो

सोमबार, १७ मंसिर, २०८१
डिजिटल संस्करण

काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयर पदका लागि भएको निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवारले आफ्नो अग्रता बढाएका छन् । 

कांग्रेसका कृष्णमान डंगालले एक हजार ८९२ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी रहेका एमालेका सुरेन्द्र मानन्धरको एक हजार ३७८ मत रहेको छ । उनीहरूबिचको मतान्तर पाँच सय १४ पुगेको छ । 

माओवादीका शिवशरण महर्जन तेस्रो स्थानमा छन् । उनले एक हजार १८८ मत ल्याउँदा स्वतन्त्र उठेका राजमार्ग महर्जनको सात सय ३६ र दिनेश अधिकारीको ६ सय ४२ मत रहेको छ ।
 

सुझावित समाचार