सुनसरीको गढी– ६ एमालेबाट खोस्यो कांग्रेसले

सोमबार, १७ मंसिर, २०८१
डिजिटल संस्करण

सुनसरीको गढी गाउँपालिका– ६ मा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका तेतर साहु निर्वाचित भएका छन्।

यसअघि भएको निर्वाचनमा एमालेका षडानन्द उराउ झागर निर्वाचित भएका थिए। उनको निधनपश्चात् भएको उपनिर्वाचनमा भने कांग्रेसले बाजी मारेको हो। 

उपनिर्वाचनमा साहुले ८१६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका कुशेश्वर खेरवारले ७९४ मत प्राप्त गरेका छन्। एमालेका सन्तु उरावले ७७० र राप्रपाकी कविताकुमारी उरावले ८७ गरेकी छिन्।

यसैगरी, रास्वपाका शशिकुमार साहुले ३३ र जनमतका सीताराम यादवले ३० मत प्राप्त गरेका निर्वाचन कार्यालयले जनाएको छ।

सुझावित समाचार