उदयपुरको त्रियुगा– १२ मा माओवादी केन्द्रका राई निर्वाचित

सोमबार, १७ मंसिर, २०८१
डिजिटल संस्करण

उदयपुरको त्रियुगा नगरपालिका– १२ को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का नवीनकुमार बान्तावा राई निर्वाचित भएका छन्। सहायक निर्वाचन अधिकृत दिलीप थापा मगरका अनुसार राई ३१५ मतान्तरले विजयी भएका हुन्। 

त्रियुगा– १२ मा दुई हजार ५२७ मत खस्दा ४९ मत बदर भयो। निर्वाचित राईले ९२३ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार लक्ष्मीनारायण चौधरीले ६०८ मत प्राप्त गरे।

यसैगरी, नेपाली कांग्रेसका सञ्जीव काफ्लेले ३५९, एकीकृत समाजवादीकी निर्मला चौधरीले ३१२, राष्ट्रिय स्वतन्त्र पार्टीका ध्रुव पोखरेलले २०२, स्वतन्त्र उम्मेदवार बजरंगीकुमार दासले ३०, जनमतका प्रमोद मलाहा सहनीले २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका लालबाबु साहले १७ र नागरिक उनमुक्ति पार्टीकी चन्द्रकला चौधरीले सात मत पाएका निर्वाचन कार्यालयले जानकारी दिएको छ।

सुझावित समाचार