दार्चुलाकाे दुहुँमा ६९ प्रतिशत मत खस्याे

आइतबार, १६ मंसिर, २०८१
डिजिटल संस्करण

दुहुँ गाउँपालिका–५ मा वडाध्यक्ष पदकाे लागि भएकाे निर्वाचनमा करिब ६९ प्रतिशत मत खसेकाे छ। मुख्य निर्वाचन अधिकृतकाे कार्यालयका अनुसार ६८.९४ प्रतिशत मत खसेकाे हाे। बिहान ७:१० बजेदेखि मतदान सुरु भएको थियाे।

दुहुँको दुर्गा आधारभूत विद्यालय गरमोराकाे क र ख मतदान केन्द्रमा ४०१ पुरुष  र ४७६ महिला गरी कुल ८७७ जनाले मतदान गरेकाे मतदान अधिकृत विष्णुप्रसाद अवस्थीले बताए। दुहुँ गाउँपालिका–५  मा एक हजार २७२ मतदाता छन् । वडाध्यक्षको लागि एक स्वतन्त्रसहित चारजना प्रतिस्पर्धामा छन्। एमालेबाट मानसिंह बडाल, कांग्रेसबाट धनसिंह कुँवर, माओवादीबाट वीरसिंह कार्की र स्वतन्त्रबाट लालबहादुर कुँवर चुनावी मैदानमा छन्। 

माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष मनोरथ भट्टको असार २०८० मा मृत्यु भएको थियो। मतदानमा मतदाताकाे उत्साहपूर्ण सहभागिता रह्याे। 

सुझावित समाचार