स्थानीय तह उपनिर्वाचन : कीर्तिपुरमा ६० र काठमाडौं– १६ मा ४२ प्रतिशत मत खस्यो

आइतबार, १६ मंसिर, २०८१
डिजिटल संस्करण

स्थानीय तह उपनिर्वाचन २०८१ अन्तर्गत कीर्तिपुर नगरपालिका र काठमाडौं महानगरपालिका– १६ मा धमाधम मतदान भइरहेको छ । पछिल्लो अद्यावधिक जानकारीअनुसार अपराह्न ३ बजेसम्म कीर्तिपुरमा ६०.६३ प्रतिशत र कामनपा– १६ मा ४२.४ प्रतिशत मत खसेको छ।

कीर्तिपुर नगरपालिकामा रहेको २० मतदान स्थल र ३६८ मतदान केन्द्रमा जम्मा १८,६९९ मत खसेको छ भने कामनपा– १६ मा ९,१०३ मत खसेको छ ।

सुझावित समाचार