खेलकुदमन्त्री तेजुलाल चौधरीले गरे एनपिएलको उद्घाटन

शनिबार, १५ मंसिर, २०८१
डिजिटल संस्करण

नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले गरेका छन्। शनिबार सुरु हुन लागेको उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्सबिच खेल हुनेछ। 

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने भने पनि अन्तिममा नाम फिर्ता भएको थियो। त्यसपछि खेलकुदमन्त्री तेजुलाल चौधरीले उद्घाटन गरेका हुन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङसहित क्यानका पदाधिकारीको उपस्थिति रहेको थियो। 

उद्घाटन सत्रअघि कर्णाली याक्समा अनुबन्ध भएका भारतीय चर्चित खेलाडी शिखर धवनले मैदान परिक्रमा गर्दै नेपाली समर्थकको अभिवादन स्वीकार गरेका थिए। ८ टिमबिच हुने एनपिएलको समापन ६ पुसमा हुनेछ।

See More On

सुझावित समाचार