‘जलविद्युतगृहमा विपन्न वर्गको सेयर सुनिश्चित गर्छौँ’

शनिबार, १५ मंसिर, २०८१
डिजिटल संस्करण

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘जनताको जलविद्युत् कार्यक्रम’अन्तर्गत निर्माण हुन लागेका आयोजनामा विपन्न वर्गको सेयर सुनिश्चित गरिने बताएका छन् ।

जनताको जलविद्युत् कार्यक्रम कार्यान्वयनका लागि बनेको कार्यविधिमाथि आज मन्त्रालयमा भएको छलफलमा उनले आयोजनामा गरिब तथा विपन्न वर्गको सेयर सुनिश्चित गरिनुपर्ने बताएका हुन् ।

‘स्रोतमाथिको अधिकार सबै नागरिकको हुनुपर्छ, गरिब तथा विपन्न वर्गलाई अगाडि बढाउन नसकेसम्म हामीले परिकल्पना गरेको समृद्ध मुलुक निर्माण हुन सक्दैन,’ ऊर्जामन्त्री खड्काले भने । उनले जनसंख्याका आधारमा भन्दा पनि घरधुरीका आधारमा सेयरको व्यवस्था गरिने बताए । 
 

सुझावित समाचार