बागमती नदीमा छाडियो मेलम्चीको पानी

शुक्रबार, १४ मंसिर, २०८१
डिजिटल संस्करण
बागमती नदीमा छाडियो मेलम्चीको पानी

फाइल तस्बिर

बालाचतुर्दशी पर्वलाई लक्षित गरेर मेलम्ची खानेपानी विकास समितिको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रबाट बागमती नदीमा थप पानी छाडिएको छ।

आज शुक्रबार साँझ पशुपतिस्थित कैलाश क्षेत्रमा पितृका नाममा बत्ती बाल्ने र शनिबार बिहान सतबिउ छर्ने परम्परा रहिआएको छ। बिहीबार साँझदेखि मेलम्चीको पानी छाडिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिए।

उनले भने, ‘बागमती नदी प्रवाहमा सहयोग गर्न मेलम्चीको पानी बागमतीमा छाड्दै आएका थियौँ। बिहीबारदेखि थप करिब चार करोड लिटर पानी बागमती नदी सफा गर्नका लागि छाडेका छौँ।’

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)लाई बालाचतुर्दशीका दिन पशुपतिनाथस्थित कैलाश क्षेत्रमा लाग्ने मेलामा सहभागी हुने भक्तजनलाई पिउन, स्नानदेखि अन्य कार्य गर्न पुग्ने गरी मेलम्चीको पानीको व्यवस्था मिलाउन पनि निर्देशन दिइएको थियो।

See More On

सुझावित समाचार