वायु प्रदूषणको कहर [फाेटाेफिचर]

बिहिबार, १३ मंसिर, २०८१
डिजिटल संस्करण

काठमाडौं उपत्यकाको वायुको गुणस्तर खस्किएको छ। काठमाडौं उपत्यकाभित्र ललितपुरको पाटन–टाँगा चोकको वायु गुणस्तर अति अस्वस्थ भएको स्विस वायु गुणस्तर मापन कम्पनी आइक्यू एअरले देखाएको छ। पाटन क्षेत्रको वायुको गुणस्तर बिहीबार बिहान २१४ पुगेको छ।

ललितपुरकै सन्तानेश्वर मन्दिर परिसरबाट हेर्दा बाक्लो तुँवालोको पत्रले उपत्यकालाई ढाकेको छ। काठमाडौंको स्वयम्भू क्षेत्रबाट हेर्दा पनि वायुमण्डल प्रदूषित देखिएको छ।

काठमाडौंस्थित अमेरिकी दूतावासको वायु प्रदूषण मापन यन्त्रका अनुसार पनि काठमाडौंको वायुको गुणस्तर अहिले अस्वस्थकर छ। दूतावासको एअर क्वालिटी इन्डेक्सअनुसार अहिले हावाको गुणस्तर १७७ छ, जुन अस्वस्थकर हो।

हेर्नुस् तस्बिरहरू :

सुझावित समाचार