मलैमा फाेन नलाग्ने समस्या हट्दै

सोमबार, १० मंसिर, २०८१
डिजिटल संस्करण

दाङको विकट क्षेत्र बबई गाउँपालिका– ७ मलैमा टेलिकमको टावर निर्माण अन्तिम चरणमा पुगेको छ । त्यहाँ टेलिकमकाे टावर नहुँदा फोन गर्न घन्टौँ हिँडेर डाँडोमा जानुपर्थ्याे । ‘हामी फोन गर्न घण्टाैँ ज‌ंगल काटेर डाँडोमा जानुपर्छ,’ स्थानीय बमबहादुर बुढाले भने, ‘टावर बनेपछि त्यो समस्या हटेर जानेछ ।’ 

सोही ठाउँको कप्तानेमा टेलिकमको टावर निर्माण भइरहेको छ । उक्त टावर निर्माणको काम अन्तिम चरणमा पुगेको भन्दै आगामी वैशाखदेखि सञ्चालन गरिने बुढाले बताए ।

‘यहाँको एउटा मुख्य समस्या भनेको फोन नलाग्ने हो,’ उनले भने, ‘टावर निर्माण भइरहेको छ, वैशाखदेखि सेवा सञ्चालन गर्ने तयारी छ ।’  त्यहाँका बासिन्दा पटकपटक टेलिकम टावरको माग राख्दै सम्बन्धित निकाय धाउँदै आएका थिए ।  

सुझावित समाचार