चीन भ्रमणबारे प्रधानमन्त्रीले गरे पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरूसँग छलफल

सोमबार, १० मंसिर, २०८१
डिजिटल संस्करण

चीन भ्रमणका क्रममा राखिने एजेन्डाका विषयमा प्रधानमन्त्री केपी ओलीले सोमबार पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरूसँग छलफल गरेका छन्। 

पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत छलफलमा सहभागी रहेका थिए। 

सो क्रममा नेपालले बिआरआईमा सम्झौता गर्ने या नगर्ने भन्ने विषयमा पनि चर्चा चलेको थियो। ऋण नलिने, तर सहयोग वा अनुदानमा हस्ताक्षर गर्न सकिने सुझाव प्रधानमन्त्री ओलीले पाएका छन्।

सुझावित समाचार