विश्व कपमा छनोट भएका खेलाडीद्वयलाई सम्मान

शनिबार, ८ मंसिर, २०८१
डिजिटल संस्करण

विश्व कप क्रिकेट प्रतियोगितामा छनोट भएका सुदूरपश्चिमका दुई खेलाडीलाई कञ्चनपुरमा सम्मान गरिएको छ। भीमदत्त नगरपालिका–१०, जिमुवास्थित होली फेम्ली क्रिकेट एकेडेमी, होली फेम्ली विद्यालयले खेलाडीद्वय साबित्री धामी, स्नेहा महरालाई सम्मान गरेको हो। 

उनीहरू आइसिसी युएई महिला विश्व कपका लागि छनोट भएका नेपाली टोलीका सदस्यहरू हुन्। धामी होली फेम्ली क्रिकेट एकेडेमीकी खेलाडी एवं होली फेम्ली विद्यालकी छात्रा हुन्। महरा कैलाली धनगढीकी स्थानीय हुन्। 

क्रिकेट एकेडेमीका संस्थापक अध्यक्ष एवं विद्यालयका सञ्चालक भूपालसिंह विष्टले विद्यालयकी छात्रा एवं एकेडेमीकी खेलाडीसहितका सुदूरपश्चिमका खेलाडीको उत्साहका लागि गरेको बताए। 

टोलीका सदस्यहरू सहायक प्रशिक्षक जानकी भट्ट, खेलाडीद्वय साबित्री धामी, स्नेसा महरा नेपाली युए १९ खेलाडीलाई जनही ३० हजार, नेपाली महिला क्रिकेट टिमकी उप कप्तान विन्दु रावलाई ५० हजारसहित प्रशंसा-पत्र र दोसल्लाले सम्मान गरी बजार परिक्रमासमेत गरिएको एकेडेमीका संस्थापक अध्यक्ष विष्टले बताए। 
 

सुझावित समाचार