नेपाल लगानीका लागि अनुकूल भएको क्रेडिट रेटिङकाे सन्देश : अर्थमन्त्री पौडेल

शुक्रबार, ७ मंसिर, २०८१
डिजिटल संस्करण
नेपाल लगानीका लागि अनुकूल भएको क्रेडिट रेटिङकाे सन्देश : अर्थमन्त्री पौडेल

फाइल तस्बिर

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वभौम साख मूल्यांकन (कन्ट्री रेटिङ) स्कोरले नेपाल लगानीका लागि अनुकूल रहेको विश्वव्यापी सन्देश दिएको बताएका छन्।

शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पौडेलले नेपाल लगानी प्रतिफल प्राप्त गर्न सक्ने देश भएको बताए। अन्तर्राष्ट्रिय रेटिङ एजेन्सी फिच रेटिङ्सको मूल्यांकनमा नेपालले बिबी माइनस ग्रेड प्राप्त गरेको छ।

सोबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले भने, ‘लगानीका लागि नेपाल अनुकूल छ भन्ने विश्वव्यापी सन्देश जाने विश्वास छ। म संसारभरका लगानीकर्तालाई नेपाल लगानी प्रतिफल प्राप्त गर्न सक्ने देश हो भन्ने सन्देश दिन चाहन्छु।’

अझ राम्रो गर्नका लागि फिचले दिएका सुझावमा सरकारको ध्यानाकर्षण भएको उल्लेख गर्दै उनले भने, ‘हामी क्रेडिट रेटिङको नतिजा सार्वजनिक गर्ने मात्र हाेइन, लगानी भित्र्याउन गर्नुपर्ने सुधारमा ध्यान दिनेछौँ। यो नतिजामा मात्रै चित्त बुझाएर बस्नेछैनौँ। सुधार गरेर अघि बढ्नेछौँ।’

सुझावित समाचार