कोशीमा पहिचानवादीले फेरि आन्दोलन चर्काउने

कोशी प्रदेशको नाम खारेजी र पुन: नामांकनको प्रक्रिया सुरु नगरे थप संघर्ष चर्काउने पहिचानवादीहरूकाे चेतावनी

मंगलबार, ४ मंसिर, २०८१
डिजिटल संस्करण
कोशीमा पहिचानवादीले फेरि आन्दोलन चर्काउने

फाइल तस्बिर/नयाँ पत्रिका

कोशी नाम खारेजीको माग गर्दै पहिचानवादीहरूले नयाँ चरणको आन्दोलन घोषणा गरेका छन् । पहिचानका आधारमा संघर्ष समितिले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै कोशी प्रदेशको नाम खारेजी र पुनः नामांकनको प्रक्रिया सुरु नगरे थप संघर्ष चर्काउने चेतावनी पनि दिएको छ ।

कोशी नामकरण भएको दिन १७ फागुनमा कालो दिवसका रूपमा मनाउने र १० चैतमा नामकरण खारेजी माग गर्दै कोशी प्रदेश सभा घेराउ गर्नेलगायत छन् । यस्तै, कोशी प्रदेश सभा, मुख्यमन्त्री कार्यालय घेराउसहित अनिश्चितकालीन हडताल गर्ने कार्यक्रम छ ।

समितिले प्रदेश सभामा कोशी नामको पक्षमा मतदान गर्ने सांसदलाई सार्वजनिक कार्यक्रममा सहभागी नगराउन र गराए प्रतिरोध गर्ने चेतावनी एिको छ । विभिन्न ठाउँमा लेखिएको प्रदेशको नाम ‘कोशी’ मेटाउन र हटाउन भनिएको छ ।

कोशी नामको लेटरप्याड, छाप नचलाउन कार्यालय प्रमुख कर्मचारीहरूलाई अनुरोध गर्ने र नमानेमा कारबाही अघि बढाउने समितिको चेतावनी छ । कोशी प्रदेश सभाको दुईतिहाइभन्दा बढी बहुमतबाट १७ फागुन ०७९ मा तत्कालीन प्रदेश १ को नाम ‘कोशी’ राखिएको थियो ।

See More On

सुझावित समाचार