आत्मराम सिंखडाले लक्ष्मी सनराइज आमन्त्रित गल्फ प्रतियोगिताको उपाधि जितेका छन् । उनले गोकर्ण गल्फ कोर्समा सर्वाधिक ४३ अंक बटुल्दै उपाधि जितेका हुन् ।
एक दिन मात्र भएको गल्फमा आशिषलाल श्रेष्ठ दोस्रो स्थानमा रहे । उनले ४२ अंक बटुले । १८ होलमा स्टयामफोर्ड फम्र्याटमा भएको स्पर्धामा सिनियरतर्फ तुलसी भट्ट विजयी भएका छन् । उनले सर्वाधिक ४० अंक जोडे ।
महिलातर्फ तारा कार्की चित्रकार पहिलो भएकी छिन् । ताराले दोस्रो स्थानमा रहेकी सुमित्रा खड्कालाई ३५–३० ले हराइन् । प्रतियोगितामा लङगेस्ट ड्राइभ नोर्बु छिरिङ र क्लोज टु पिनको उपाधि अनिलकुमार सिन्हाले जिते ।
प्रतियोगितामा १०७ गल्फरले भाग लिएका थिए । विजयी खेलाडीलाई लक्ष्मी सनराइजका अध्यक्ष रमण नेपाल र बैंकका सिइओ अजयविक्रम शाहले पुरस्कृत गरेका छन् ।