नेपाल बैंकले स्थापनाको ८८औँ वार्षिकोत्सव मनाएको छ । ३० कात्तिक १९९४ मा स्थापना भएको बैंक ३० कात्तिकदेखि ८७औँ वर्ष पूरा गरी ८८औँ वर्षमा प्रवेश गरेको हो ।
सोही अवसरमा आयोजित वार्षिकोत्सव समारोह नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा भव्यताका साथ सम्पन्न भएको बैंकले जनाएको छ ।
उक्त समारोहको अध्यक्षता बैंकका सञ्चालक समिति अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीले गरेका थिए । बैंकले देशभरका दुई सय २९ शाखा, दुई सय पाँच एटिएम मेसिन साथै ६० वटा एक्सटेन्सन काउन्टरमार्फत वित्तीय सेवा दिइरहेको छ ।