नेपालले अफगानिस्तानलाई हरायो

शनिबार, १ मंसिर, २०८१
डिजिटल संस्करण

फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले अफगानिस्तानलाई २–० ले हराएको छ। 

ताजकिस्तानको डुसान्वेस्थित सेन्ट्रल स्टेडियममा शनिबार सम्पन्न खेलमा नेपाललाई जित दिलाउन जिलेस्पीजंग कार्की र रोहित चन्दले गोल गरे। दुवै गोल दोस्रो हाफमा भएको थियो। दोस्रो हाफमा प्रशिक्षक नवीन न्यौपानेले रन्दीप पौडेललाई डेब्यु गराएका थिए। 

जिलेस्पीजंगले खेलको ४६औँ मिनेटमा अग्रता दिलाए। रोहितले खेलको ७८औँ मिनेटमा दोस्रो गोल गरेका हुन्। रोहितको यो राष्ट्रको लागि पहिलो गोल हो। 

नेपालले ११ वर्षपछि अफगानिस्तानसँग प्रतिस्पर्धा गरेको हो। सन् २०१३ मा नेपाल दशरथ रंगशालामै अफगानिस्तानसँग साफ च्याम्पियनसिपको सेमिफाइनलमा पराजित भएको थियो। 

नेपाल पहिलो खेलमा ताजकिस्तानसँग ४–० ले पराजित भएको थियो।

सुझावित समाचार