घुस लिएको आरोपमा कपिलवस्तु जिल्ला अदालतका दुई कर्मचारी पक्राउ

मंगलबार, २७ कार्तिक, २०८१
डिजिटल संस्करण

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले जिल्ला अदालत कपिलवस्तुका दुई कर्मचारीलाई घुससहित पक्राउ गरेको छ।

जिल्ला अदालत कपिलवस्तुका तहसिलदार सन्तोषकुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डे सेवाग्राहीसँग जग्गासम्बन्धी कार्यका लागि २० हजार रुपैयाँ घुस लिएको अवस्थामा गौढी चोकस्थित चिया पसलबाट पक्राउ परेकाे अख्तियारको बुटवल कार्यालयले जनाएको छ।

घुसबापतको रकम अपरेटर पाण्डेको साथबाट बरामद भएको अख्तियारले जनाएको छ।

सुझावित समाचार