प्रदेश सांसद दीपक मनाङे काठमाडौंबाट पक्राउ

मंगलबार, २७ कार्तिक, २०८१
डिजिटल संस्करण

ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर भएका गण्डकी प्रदेशका सांसद राजीव गुरुङ (दीपक मनाङे) पक्राउ परेका छन् । लुकेर बसेको अवस्थामा काठमाडौंबाट  सिआइबीले उनलाई मंगलबार पक्राउ गरेको हो । 

उनलाई गत २० कात्तिकमा सर्वोच्च अदालतले दोषी ठहर गरी पाँच वर्ष कैद सजाय हुने फैसला गरेको थियो । लगत्तै उनी भूमिगत भएका थिए । ०६१ सालमा अर्का गुन्डानाइके चक्रे मिलन (मिलन गुरुङ)को हात काटेको अभियोगमा सर्वोच्चबाट सो फैसला भएको हो । 

उनलाई फैसला कार्यान्वयनका लागि अदालत उपस्थित गराइने प्रहरीले जनाएको छ । काठमाडौंको स्वयम्भूबाट पक्राउ परेका मनाङेलाई सिआइबीको कार्यालयमा लगिएको छ । 

सुझावित समाचार