राक्सिराङमा भिरबाट लडेर वृद्धको मृत्यु

मंगलबार, २७ कार्तिक, २०८१
डिजिटल संस्करण

मकवानपुरको राक्सिराङमा एकजना वृद्धको भिरबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका– ८ का ८१ वर्षीय सिंहबहादुर ब्लोन रहेका छन् ।

सोमबार दिउँसो भिरबाट लडेर घाइते भएका ब्लोनलाई उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए। उनका अनुसार ब्लोन घरनजिकैको रातोडाँडामा घाँस काट्ने क्रममा चिप्लिएर भिरबाट झन्डै ८० मिटर तल खसेका थिए। उनलाई स्थानीयले भिरबाट उद्धार गरेर अस्पताल ल्याउँदै गर्दा उनको मृत्यु भएको थियो।

ब्लोनको शव पोस्टमार्टमका लागि हेटौँडा अस्पतालमा राखिएको प्रवक्ता अर्यालले जानकारी दिए ।

सुझावित समाचार