पछिल्ला चार दिनमा चार ठुला दुर्घटना हुँदा २१ जनाको मृत्यु, ७९ घाइते

मंगलबार, २७ कार्तिक, २०८१
डिजिटल संस्करण

सोमबार बागलुङमा जिप पल्टिँदा पाँचको ज्यान गयो
सोमबार बागलुङको जैमिनी नगरपालिका– ८, छिस्तीबाट सदरमुकाम बागलुङ बजार आउँदै गरेको ग.२च ९२४७ नम्बरको पिकअप जिप जैदी हर्देवा पाखामा दुर्घटनामा परेको छ । दुर्घटनामा एउटै गाउँ केबईका पाँचको मृत्यु भएको र एकजना घाइते भएको बागलुङ प्रहरीका सूचना अधिकारी केशव थापाले बताए ।  

पछिल्लो चार दिनमा मात्र चार ठुला दुर्घटनामा परी २१ जनाको ज्यान गएको छ । शुक्रबार पोखरा र सुर्खेतमा भएका सार्वजनिक यातायात दुर्घटनामा नौजना, आइतबार कालीकोटमा सात र सोमबार बागलुङमा पाँचजनाको ज्यान गएको हो । 

सोमबार बागलुङ दुर्घटनामा एक, कालीकोटको पलाँता गाउँपालिका– ३, राडुमा आइतबार भएको क.१ज ५६ नम्बरको बोलेरो जिपको दुर्घटनामा १२, चितवनको भरतपुर महानगरपालिका– 

२९ सत्रकिलोमा बस र माइक्रो एक–आपसमा ठोक्किँदा शुक्रबार भएको दुर्घटनामा एक र दैलेखबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको हायस शुक्रबार भएको दुर्घटनामा २६ गरी ४० जना घाइते भएका हुन् । उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै, सोमबार नै जाजरकोटका दुई ठाउँमा दुर्घटना हुँदा ३९ जना घाइते भएका छन् । यसबाहेक ससाना दुर्घटना हरेक दिन भइरहेका छन् । 

सोमबार बागलुङको जैमिनी नगरपालिका–८, छिस्तीबाट सदरमुकाम बागलुङ बजार आउँदै गरेको ग २ च ९२४७ नम्बरको पिकअप जिप जैदी हर्देवा पाखामा दुर्घटनामा परेको छ । दुर्घटनामा एउटै गाउँ केबईका पाँचजनाको मृत्यु भएको  र एकजना घाइते भएको बागलुङ प्रहरीका सूचना अधिकारी केशव थापाले बताए ।

जिपचालक जैमिनी नगरपालिका– ८, केबईका ३८ वर्षीय महेन्द्र पुन, २० वर्षीया रश्मि श्रीस, ५० वर्षीया नन्दकली पुन, १७ वर्षीय नीरज श्रीस र ७५ वर्षीय कुलप्रसाद श्रीसको ज्यान गएको हो । दुर्घटनामा घाइते केबईकै ४५ वर्षीय गंगाबहादुर श्रीसको धौलागिरी अस्पताल बागलुङमा उपचार भइरहेको छ ।

प्रहरी निरीक्षक थापाका अनुसार घाइतेको उपचार भइरहेकाले दुर्घटनाको कारणबारे सोधपुछ हुन सकेको छैन । तर, कच्ची र साँघुरो सडकमा स्टेरिङ फेल अथवा ब्रेक फेल भएको अनुमान गरिएको उनले बताए । 

जाजरकोट दुर्घटनाका ११ घाइतेलाई हेलिकोप्टर मार्फत सुर्खेत लगियो
जाजरकोटको भेरी नगरपालिका र नलगाड नगरपालिकामा भएका छुट्टाछुट्टै दुर्घटनाका ३९ घाइतेमध्ये ११ जनालाई उपचारका लागि सेनाको हेलिकोप्टरमार्फत सुर्खेत लगिएको छ । गम्भीर घाइते ११ जनाको कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा उपचार भइरहेको स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख डा. सुनील पुनले बताए । अन्यको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । 

जाजरकोट सदरमुकामबाट नेपालगन्जका लागि छुटेको बा ५ ख १८९२ नम्बरको फोर्स गाडी दुर्घटना हुँदा ३२ जना घाइते भएका थिए । त्यस्तै, बारेकोट गाउँपालिकाबाट सदरमुकामतर्फ आइरहेको भे १ ज ५९५ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा सातजना घाइते भएका थिए । जाजरकोट प्रहरी प्रमुख पुरुषोत्तमप्रसाद पाण्डेले दुवै गाडीको ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने बताए ।

सुझावित समाचार