नारायणगढ–मुग्लिन सडकमा सवारी ठोक्किँदा चारको मृत्यु, ६ घाइते

शुक्रबार, २३ कार्तिक, २०८१
डिजिटल संस्करण

नारायणगढ–मुग्लिन सडकखण्डको सत्र किलोमा आज बिहान भएको सवारी दुर्घटनामा परेर चारजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता भेषराज रिजालका अनुसार आज बिहान ३ बजे मुग्लिनबाट नारायणगढतर्फ आइरहेको विद्युतीय माइक्रोबस र नारायणगढबाट मुग्लिनतर्फ गइरहेको बस एक–आपसमा ठाेक्किएका हुन्।

मुग्लिङबाट  नारायणगढतर्फ आउँदै गरेको बा.प्र. ०६-००१ज ०२९८ नम्बरको  इभी हाइस र नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बा.प्र. ०३-००१ ख २८१२ नम्बरको बस एक–आपसमा ठोक्किएर उक्त दुर्घटना भएको हो ।

दुई सवारी एक–आपसमा ठोक्किँदा विद्युतीय माइक्रोबसमा सवार गोरखा आरुघाट गाउँपालिका– १ का ४२ वर्षीय राजबहादुर गुरुङ, परिचय नखुलेका ४० वर्षीया महिला, ३२ वर्षीय र ३५ वर्षीय पुरुषको मृत्यु भएको छ ।

दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् । घाइतमध्ये दुईजनाको भरतपुर अस्पताल र चारजनाको चितवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।     
 

सुझावित समाचार