काठमाडौं महानगरले तोकेका छठ घाटहरूमा रातभरि नै स्वास्थ्य शिविर चल्ने

बिहिबार, २२ कार्तिक, २०८१
डिजिटल संस्करण

काठमाडौंका विभिन्न घाटमा छठको व्रत बसिरहेका व्रतालु, श्रद्धालुहरूका लागि काठमाडौं महानगरले रातभर स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ। महानगरपालिकाले वडा नम्बर ८ को गुह्येश्वरी, वडा नम्बर १ को कमलपोखरी र वडा नम्बर १६ को बालाजुमा दिउँसोदेखि नै स्वास्थ्य शिविर सञ्चालन गरिरहेको जनाएको छ। 

शिविरमा मेडिकल अफिसरसहित स्वास्थ्यकर्मीको टोलीले आधारभूत स्वास्थ्य सेवासँगै प्राथमिक उपचार सेवा दिइरहेका छन्। यस्तै, सिटामोल, जीवन जल, झाडापखाला, रुघाखोकीलगायत समस्या समाधानका लागि औषधि वितरण पनि गरिरहेको छ।
 

सुझावित समाचार