पर्खालले किचेर २ वर्षीया बालिकाको मृत्यु

बिहिबार, २२ कार्तिक, २०८१
डिजिटल संस्करण

पर्खालले किच्दा मोरङको रंगेली नगरपालिका– ८, निचामारीमा एक बालिकाको मृत्यु भएको छ।

आफ्नै घरमा ईँटाले बनेको मन्दिरको पर्खाल झरेर किच्दा स्थानीय कसरलाल ताजपुरियाकी २ वर्षीया छोरी शोभा ताजपुरियाको मृत्यु भएको हो।

बुधबार साँझ साढे ५ बजे पर्खालले किचेर घाइते भएकी बालिकालाई उपचारका लागि जिल्ला अस्पताल मोरङ लगिए पनि उनको उपचारकै क्रममा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ। घटनाबारे इलाका प्रहरी कार्यालय रंगेलीले अनुसन्धान गरिरहेको छ।

सुझावित समाचार