नागढुंगामा आधा केजी सुनसहित युवक पक्राउ

बिहिबार, २२ कार्तिक, २०८१
डिजिटल संस्करण

नागढुंगा चेकपोस्टमा आधा केजी सुनसहित एक युवक पक्राउ परेका छन्। कैलालीका एलिस ढकाललाई प्रहरीले बुधबार पक्राउ गरेको हो। 

नेपालगन्जदेखि आएको यात्रुवाहक बसमा चेकजाँच गर्ने क्रममा ढकालको झोलाभित्र सुनका दुई टुक्रा भेटिएका हुन्। जसको तौल पाँच सय दुई ग्राम रहेको प्रहरीले जनाएको छ।

सुझावित समाचार