काकाकुल रारागाउँ

बिहिबार, २२ कार्तिक, २०८१
डिजिटल संस्करण

तिला गाउँपालिका– १ रारागाउँमा वर्षौँदेखि खानेपानी अभावले स्थानीय बासिन्दालाई समस्या भएको छ। काकाकुल रारागाउँमा पानी थाप्नकै लागि हानथाप हुने गर्दछ ।

गाउँवासी लामो समयदेखि खानेपानीको योजना कुर्दै आएका छन् । २६० घरधुरीका आठ सय नागरिकले ०३५ सालमा निर्माण गरिएका जीर्ण चारवटा पुराना धाराको पानी प्रयोग गर्दै आएका छन् ।

दैनिक चार घण्टा धारामा पानी आउने गरेको छ । एक घरपरिवारलाई दैनिक ५०–७० लिटर मात्रै पानी भाग पर्ने गरेको छ । भागमा परेको अधिकतम ७० लिटर पानीले खाना पकाउनेदेखि पिउने र सरसफाइ गर्ने गुजारा चलाउँदै आएका छन् । 

सुझावित समाचार