साढे दुई किलो चरेससहित दार्चुलाबाट एकजना पक्राउ

बुधबार, २१ कार्तिक, २०८१
डिजिटल संस्करण

प्रहरीले दार्चुलामा दुई किलो ६१० ग्राम लागुऔषध चरेससहित एकजनालाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा प्रहरीले मार्मा गाउँपालिका– ३ का ३० वर्षीय लोकेन्द्र महरालाई पक्राउ गरेको हो।

उनलाई मार्मा गाउँपालिकाको बिटुलेबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए। पक्राउ परेका महरालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय खलंगा ल्याइँदै छ।
 

सुझावित समाचार