अक्टोबरमा पर्यटक आगमन ६% ले बढ्यो

बुधबार, २१ कार्तिक, २०८१
डिजिटल संस्करण

सन् २०२४ को अक्टोबर महिनामा पर्यटन आगमन ६.०४ प्रतिशतले बढेको छ । गत वर्ष २०२३ को अक्टोबरमा एक लाख १७ हजार तीन सय ६ पर्यटक नेपाल भित्रिएका थिए । यो वर्षको अक्टोबरमा एक लाख २४ हजार तीन सय ९३ पर्यटक नेपाल घुम्न आएको अध्यागमन विभागको तथ्यांकले देखाएको छ । 

यसरी अक्टोबरमा भित्रिने पर्यटकमा सबैभन्दा बढी भारतीय रहेका छन् । समीक्षा महिनामा १६ हजार तीन सय १३ भारतीय पर्यटक भित्रिएका छन् । त्यस्तै, दोस्रोमा संयुक्त राज्य अमेरिकाबाट १६ हजार २३ पर्यटक आएका छन् । बेलायतबाट आठ हजार १९ जना, चीनबाट सात हजार सात सय ५० जना भित्रिएका छन् । 

अस्ट्रेलियाबाट ६ हजार नौ सय २९ पर्यटक आगमन भएका छन् भने जर्मनीबाट ६ हजार १८ पर्यटक भित्रिएका छन् । फ्रान्सबाट पाँच हजार चार सय ८५, बंगलादेशबाट चार हजार चार सय ७६ जना, श्रीलंकाबाट तीन हजार एक सय २५ र इटालीबाट दुई हजार ६ सय ३५ जना पर्यटक आगमन भएको विभागको तथ्यांकले देखाएको छ । अक्टोबरमा नेपालमा भित्रिने विदेशी पर्यटकमा ३० प्रतिशत युरोपेली पर्यटकको हिस्सा रहेको छ ।

दक्षिण एसियाली राष्ट्रहरूबाट २०.७ प्रतिशत र बाँकी एसियाली राष्ट्रहरूबाट १५.१ प्रतिशत, अमेरिकी राष्ट्रहरूबाट १४.९ प्रतिशत, ओसिनियाबाट ६.१ प्रतिशत र अन्य मुलुकहरूबाट १३.३ प्रतिशत पर्यटक भित्रिएका छन् । सन् २०२४ को जनवरीदेखि अक्टोबरसम्ममा नौ लाख ४१ हजार ३२ पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२३ को सोही अवधिमा आठ लाख नौ हजार ६ सय ७८ पर्यटक भित्रिएका थिए ।

See More On

सुझावित समाचार