हङकङ सिक्सेस : नेपालद्वारा अस्ट्रेलिया ११ रनले पराजित

शनिबार, १७ कार्तिक, २०८१
डिजिटल संस्करण

नेपाल हङकङ सिक्सेस प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश

नेपालले अस्ट्रेलियालाई ११ रनले पराजित गर्दै हङकङ सिक्सेस प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकाल्दै क्वार्टरफाइनलमा पुगेको हो। शुक्रबार भएको पहिलो खेलमा नेपालले इंग्ल्यान्डलाई ६ विकेटले पराजित गरेको थियो।

हङकङको मिसन रोड क्रिकेट मैदानमा आज बिहान सम्पन्न खेलमा नेपालले दिएको ११२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया ६ ओभरमा एक सय रनमा समेटियो। अस्ट्रेलियाका लागि ज्याक उडले १६ बलमा चार चौका र ६ छक्काको सहयोगमा अविजित ५५ रन बनाए। त्यस्तै, एलेक्स रोसले १४ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्। नेपालका लागि प्रतिश जिसीले तीन विकेट लिँदा लोकेश बम र विवेक यादवले समान एक–एक विकेट लिए।     

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ६ ओभरमा दुई विकेट गुमाउँदै १११ रनको योगफल तयार पारेको थियो । नेपालका लागि कप्तान सन्दीप जोराले १६ बलमा पाँच चौका र चार छक्काको मद्दतले सर्वाधिक ५१ रनको योगदान गरे। यसैगरी, लोकेश बमले ३३, रासिद खान र विवेक यादवले समान १२–१२ रन बनाए। अस्ट्रेलियाका लागि दुवै विकेट ज्याक उडले लिए।     

 

सुझावित समाचार