प्रथम रारा खत्याड च्याम्पियनसिप गोल्डकप फुटबलको उपाधि रारा स्पोर्टस् बाजुराले जितेको छ । उपाधिका लागि फाइनमा पुगेको ए वान स्पोर्टस् क्लब मुगुलाई ४-० गोलले पराजित गर्दै प्रथम रारा खत्याड च्याम्पियनसिप गोल्डकप फुटबलतर्फको उपाधि बाजुराले हात पारेको हो ।
सुइना कर्णाली, खत्याड गाउँपालिका र वडा नं. ३ को संयुक्त आयोजनामा मुगु जिल्लाको खत्याड गाउँपालिका- ३ स्थित बुगाचौरमा प्रथम रारा खत्याड च्याम्पियनसिप गोल्डकप सञ्चालन भएको थियो । उक्त खेलमा पुरुषतर्फ फुटबल, भलिबल र महिलातर्फ भलिबल खेल सञ्चालन भएका थिए ।
सञ्चालन गरिएको प्रथम रारा खत्याड च्याम्पियनसिप गोल्डकप फुटबल प्रतियोगिता बाजुराले जितेको छ भने पुरुष भलिबलतर्फ खत्याड गाउँपालिकाको रातापानीको भलिबल टिमले र महिला भलिबल कुसुमबाडा बजार व्यवस्थापन टिम मुगुले हात पारेको प्रथम रारा खत्याड च्याम्पियनसिप गोल्डकप प्रतियोगिताका कार्यक्रम संयोजक अनिल बानियाँले जानकारी दिए ।
खेलमा पुरुष फुटबलतर्फ बाजुरा जिल्लाको रारा स्पोर्टस् विजेता हुँदै गर्दा मुगुको ए–वान स्पोर्टस् क्लब उपविजेता हुँदा मुगुकै डिएफसी फुटबल क्लबले तेस्राे स्थान प्राप्त गर्न सफल भएको छ ।
भलिबलतर्फ मुगुको खत्याड गाउँपालिकाको रातापानीले प्रथम स्थान हात पार्न सफल भएको छ भने द्रोसो स्थान मुगम कार्मारोङ गाउँपालिकाले हात पार्दा तृतीय स्थान बाजुरा जिल्लाको वाइएफसीले जितेको छ ।
त्यस्तै, महिला भलिबलतर्फ खत्याड गाउँपालिका कुसुमबाडा बजार व्यवस्थापन टिमले पहिलो स्थान हात पारेको छ । द्वितीय स्थान रातापानीले र तृतीय स्थान ठामलेखले जितेको छ ।
प्रथम रारा खत्याड च्याम्पियनसिप गोल्डकप फुटबल प्रतियोगिता यही कात्तिक ७ गतेबाट सुरु भएर नाै दिनसम्म सञ्चालन भएको थियो । बिहीबार खेलको समापन खत्याड गाउँपालिकाका कार्यवाहक अध्यक्ष भरत शाहीले गरेका थिए । यो प्रतियोगिता दुर्गम क्षेत्रमा पहिलोपटक भव्य रूपमा सञ्चालन गरिएको र दैनिक सयौँ दर्शकले खेल हेरेर मनोरञ्जन लिएको स्थानीयले बताएका छन् ।