डेंगुबाट सतर्क रहौँ

बुधबार, १४ कार्तिक, २०८१
डिजिटल संस्करण

कसरी सर्छ ?
एडिस जातिको पोथी लामखुट्टेको टोकाइबाट डेंगु संक्रमण हुन्छ । यो एक भाइरल ज्वरो हो । लामखुट्टेले भाइरस बोकेपछि उसले जन्माउने सबै लार्भा भाइरससहित जन्मने भएकाले हामीले लार्भा नियन्त्रणमा विशेष ध्यान दिन जरुरी छ । 
लक्षण 

  • ४ दिनदेखि १० दिनसम्म लगातार ज्वरो आउने । ज्वरो आएको समय शरीरको तापक्रम १०२ डिग्रीदेखि १०३ डिग्रीसम्मको हुन सक्छ । टाउको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने । 
  • आँखाको गेडी दुख्ने, जिउ दुख्ने, जोर्नी दुख्ने । 
  • छालामा रातोरातो बिमिरा देखिने । 
  • केहीमा डायरिया हुने हुन्छ । 
  • कसैकसैमा नाक वा गिजाबाट रगत बग्ने वा शरीरमा रगत जमेको दाग देखापर्ने, बेहोस हुने पनि हुन सक्छ ।
  • कसैकसैको शरीरका विभिन्न अंगमा रक्तस्राव पनि हुन सक्छ ।
  • अचानक ब्लडप्रेसर बढ्ने वा घट्ने हुन सक्छ ।

के गर्ने ?

  • डेंगुको शंका लागेमा तुरुन्त स्वास्थ्य संस्थामा गएर आवश्यक परीक्षण र उपचार गर्नुपर्छ । चिकित्सकको सल्लाहविना कुनै पनि औषधि प्रयोग गर्न हुँदैन । 
  • धेरै मसला, चिल्लो भएका खानेकुरा खानुहुँदैन । 
  • झोलिलो खानेकुरा, फलफूल प्रशस्त खानुपर्छ । 

सतर्कताका केही उपाय 

  • एडिज लामखुट्टेले सफा पानीमा अन्डा पार्ने गर्छ । तसर्थ गमला, टायर आदिमा पानी जम्न दिनुहुँदैन । सफा राख्नुपर्छ । 
  • घरवरपर पानी जम्न दिनुहुँदैन, खाल्डा–खुल्डी भए पुर्नुपर्छ । 
See More On

सुझावित समाचार