दुई दिनका लागि एआइजीमा बढुवा

मंगलबार, १३ कार्तिक, २०८१
डिजिटल संस्करण

नेपाल प्रहरीका दुई नायब महानिरीक्षक (डिआइजी)को अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा भएको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले किरण राणा र डा. सुन्दर ह्योजुको बढुवा निर्णय गरेको हो। 

बढुवा भएकी राणाले बिहीबारदेखि अनिवार्य अवकाश पाउँदै छिन्। बुधबार फुली लगाएर बुधबार नै प्रहरी प्रधान कार्यालयमा उनको बिदाइको तयारी छ। सेवा-सुविधा थप्नकै लागि मात्र उनको बढुवा गरिएको स्रोत बताउँछ। वरीयतामा अघि रहेका अन्य डिआइजीलाई छाडेर उनको बढुवा भएको हो।

त्यस्तै, डा. ह्योजु प्रहरी अस्पतालका चिकित्सक हुन्। बढुवासँगै उनी अस्पतालको कार्यकारी निर्देशक बनेका छन्। 

सुझावित समाचार