राष्ट्रिय मानव अधिकार आयोगका कार्यालयहरू तिहार र छठ बिदामा पनि खुला रहने भएका छन्।
मंगलबार आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालयहरू तिहार र छठ बिदामा खुला रहने जानकारी दिएका हुन्। सो समयमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म आयोगका कार्यालयहरू खुला रहनेछन्।
‘आयोगले आमनागरिकको मानव अधिकारको संरक्षणको कार्यलाई ध्यानमा राखी विगतमा झैँ यस वर्षको बिदाका दिनमा पनि कार्यालय खुला राख्ने व्यवस्था मिलाएको हो। यस अवधिमा आयोगले मानव अधिकार उल्लंघन र ज्यादतीका घटनाहरूमा उजुरी लिने तथा आवश्यकताअनुसार गम्भीर प्रकृतिका घटनाहरूमा आकस्मिक अनुगमनसमेत गर्नेछ,’ विज्ञप्तिमा भनिएको छ।