महाराजगन्जस्थित हिम इलेक्ट्रोनिक्सको नयाँ सामसङ स्मार्ट प्लाजा उद्घाटन गरिएको छ । उद्घाटन सामसङ नेपालका प्रबन्ध निर्देशक इन सु किम र हिम इलेक्ट्रोनिक्सकी निर्देशक सीमा गोल्छाले गरेका हुन् ।
अत्याधुनिक प्रविधिलाई अझ पहुँचयोग्य बनाउनका लागि सामसङले इन्स्टा फाइनान्समार्फत हुलास फिन सर्भसँगको सहकार्यमा फाइनान्स सुविधा उपलब्ध गराउँदै आएको छ, जुन सामसङ प्लाजामा पनि लिन सकिनेछ । साथै, एक्सचेन्ज सुविधाले सजिलैसँग नयाँ उत्पादनमा अपग्रेड गर्न अवसर प्रदान गर्छ र सुविधालाई अझ सरल बनाउने हिम इलेक्ट्रोनिक्सले जनाएको छ ।
निर्देशक गोल्छाले भनिन्, ‘नयाँ सामसङ स्मार्ट प्लाजा थप हुनु हाम्रो प्रगतिको प्रमाण मात्र नभई हाम्रा ग्राहकलाई उन्नत प्रविधिनजिक ल्याउने प्रतिबद्धताको प्रतीक पनि हो । यो सोरुमले हाम्रो ग्राहकको समग्र सामसङसँगको अनुभवलाई माथि उठाउने प्रतिबद्धतालाई झल्काउँछ ।’
यो नयाँ सामसङ स्मार्ट प्लाजा नेपालमा हिम इलेक्ट्रोनिक्सअन्तर्गतको सामसङको १३औँ सोरुम भएको बताइएको छ । यस प्लाजाले सामसङका घरायसी उपकरण, अडियो भिजुअल उपकरण र नवीनतम स्मार्ट फोनको पहुँचलाई अझै नजिक ल्याएको छ ।