शेर्पा एड्भेन्चर गियर नेपालका टासी दोङ र दोर्जे होजाङसाङले गोकर्ण गल्फ क्लबमा एनसेल कर्पोरेट गल्फ प्रतियोगिताको उपाधि जितेका छन् । टासीको जोडीले १० स्ट्रोक अन्डर पार ६२ को स्कोर गर्दै उपाधि हात पारेका हुन् ।
विजेता खेलाडीले दुबईका चारवटा राउन्ड टिकट पाएका छन् । मुस्ताङ ग्लफ क्लबबाट इन्द्रधरा विष्ट र माधव सिम्खडाले ९ होलमा ६ अन्डर पार ३० को स्कोरसहित दोस्रो भएका छन् । लिओन मोटर्सका विजय श्रेष्ठ आइनहाउस र फुरसाङ तेस्रो भएका छन् ।
व्यक्तिगततर्फ विजयले लंगेस्ट ड्राइभ जिते । प्रवीण शाही ठकुरीले क्लोजेस्ट टु दी पिन अवार्ड पाए । विजेतालाई एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ तथा गोकर्ण गल्फ कोर्सका अध्यक्ष सुहृद घिमिरेले पुरस्कृत गरे ।
एनसेलले प्रतियोगिताका लागि संकलन भएको प्रवेश शुक्ल एनसेल फाउन्डेसनमार्फत देशभरका विद्यार्थीलाई एजुकेसनल किट उपलब्ध गराउनेछ । प्रतियोगितामा कुल ५५ टोलीको सहभागिता थियो, जसमा स्ट्रोक प्ले, फोरबल बेटर बल फर्मेट थियो । एनसेलले हरेक टोलीबाट संकलन गरेको प्रवेश शुल्कको कुल संकलित रकममा थपेर ३० लाख बनाएर सामाजिक कार्यमा खर्च गर्नेछ ।